मतदानपछि सुहाङ भन्छन् : चुनाव जित्नेमा विश्वस्त छु
काठमाडौं, १५ वैशाख । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन बिहान ७ बजेदेखि शुरु भएको छ ।
इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गर्नुभएकाे छ । जिल्लामा शान्तिपूर्ण मतदान जारी रहेको बताइएको छ ।
मतदान गर्नुभएपछि नेकपा एमालेका उम्मेदवार नेम्वाङले उत्साहको महशुस भइरहेको बताउनुभयाे भने उहाँले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाउनुभएको मायाले पनि ढुक्क संग जित्नेमा विश्वस्त रहेको बताउनुभयाे ।
उहाँले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताउनुभयाे ।
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ ।