उपनिर्वाचन : इलाम २ मा सुहाङ ३ हजार ७ सय बढी मतले अगाडि
काठमाडौं, १७ वैशाख । इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेमा सुहाङ नेम्वाङ अत्यधिक मतान्तरले अगाडि छन् ।
प्रतिनिधि सभा सदस्यका भएको उपनिर्वाचनमा एमालेका नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्का भन्दा ३७५४ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार सुहाङले ११ हजार ०७८ मत पाएका छन् भने नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ३ सय २४ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ६ हजार ९०१ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ५१२ मत पाएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । नेम्वाङकै छोरा सुहाङलाई एमालले टिकट दिएपछि धेरै चर्चाको विषय बनेको थियो । सुहाङसहित उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।