कीर्तिपुरमा बस दुर्घटनाहुँदा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं, २३ वैशाख । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कीर्तिपुर नगरपालिका वडा नम्बर १० आयुर्वेद अस्पताल अगाडि बा ३ ख २०२७ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

आइतबार दिउँसो आयुर्वेद अस्पतालबाट निस्किएको स्कुटरलाई जोगाउने क्रममा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका ४२ वर्षीय डा.गोविन्द रिजालको कीर्तिपुर अस्पतालमा उपचारकाे क्रममा
आइतबार अपराह्न ३ बजे मृत्यु भएको छ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् भने उनीहरूकाे उपचारको लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ।

घाइते भएकाहरूमा बैतडी घर भई कीर्तिपुर बस्ने २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया बिमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा छन्।