जनकपुरमा हतियार देखाएर लुटियाे ८० लाख

काठमाडाैं, २४ वैशाख । जनकपुरधाममा सोमबार हतियार देखाएर एक समूहले ८० लाख रुपैयाँ लुटपाट गरेका छन्।

वीरेन्द्र महतोले बैंकबाट झिकेर ल्याएकाे ८० लाख रुपैयाँ अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेका हुन्। महतो श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा महतोको साथबाट रकम लुटपाट भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका वडा नम्बर १२ स्थित रघुनाथपुरमा महतोकाे रकम लुटपाट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महतोले जनकपुरस्थित हिमालयन बैंकबाट रकम झिकेर रघुनाथपुर फर्किंदै थिए।

सोही क्रममा तीन जनाको समूहमा रहेको अज्ञात समूहले ८० लाख रुपैयाँसहित झोला लुटेर फरार भएको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *