त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा पोखरेल नियुक्त

काठमाडौँ, २५ वैशाख । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा प्रवलराज पोखरेल नियुक्त हुनुभएको छ ।

यसअघिका प्रमुख प्रा चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयको उपकुलपति प्रा डा केशरजङ्ग बरालले पोखरेललाई यही वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गर्नुभएको विश्वविद्यालयले जनाएको छ ।

सोह्र वर्षअघि पनि सोही विभागको प्रमुख हुनुभएका प्रा पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनमा हुनुहुन्छ ।

विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै प्राध्यापक पोखरेलले राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको प्रवद्र्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानका साथै प्राविधिक तथा मानवीय स्रोत, साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *