राष्ट्रपति भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौँ, ३० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्नुभएको छ ।

आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

मंगलवार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त विषयमा पनि प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गर्नुभएकाे सचिवालयले जनाएको छ ।