कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नागरिकता दुरुपयोगको मुद्दामा अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको हाे ।
जिल्ला अदालत धनुषाले सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिनुभयाे ।
सिरोहियाले लिएको नागरिकताकाे नम्बर धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ । शिवजी र कैलाश दुवैको नागरिकता नम्बर एकै रहेको विवरण पनि मतदाता नामवालीमा भेटिएको थियो ।
