प्रधानमन्त्री प्रचण्डले भने, सिरोहिया पक्राउबारे बढ्ता हो–हल्ला गर्न जरुरी छैन

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नभएकाे बताउनुभएकाे छ ।

काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, राज्यकाे कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी छैन । ‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया भन्ने बुझ्याछु मैले’ ।

गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप पनि प्रधानमन्त्री प्रचण्डले खण्डन गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘त्यो मान्छेले भन्ने कुरा हो। अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ ।’