गण्डकीमा सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने सर्वाेच्चको परमादेश

काठमाडौं, १४ जेठ । सर्वाेच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

[bsa_pro_ad_space id=69]

धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै अदालतले ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो ।

 

[bsa_pro_ad_space id=68]