गणतन्त्र दिवसकाे उपलक्षमा सैनिकमञ्च टुँडिखेल (तस्बिरहरू)
काठमाडौं, १५ जेठ, । गणतन्त्र दिवसकाे उपलक्षमा काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी मनाइएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तिहरु सहभागि हुनुभएकाे थियाे ।
गणतन्त्र दिवसकाे उपलक्षमा सैनिकमञ्च टुँडिखेलमा विभिन्न साँस्कृतिक झाँकीहरू पनि प्रदर्शन गरिएको थियाे ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएकाे छ ।
दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ । तस्बिरहरू….