मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाँचौँपटक विश्वासको मत लिँदै

धनुषा, २३ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा पाँचौँपटक विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उहाँप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो ।

[bsa_pro_ad_space id=69]

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिनुभएको थियो । तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि उहाँले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो भने तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिनुभएको थियो ।

मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । उनी आफ्नै दल जसपा नेपाल र कांग्रेसले मात्र विश्वासको मत दिएर सरकार जोगाउन सकिदैन् । जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । सत्ता गठबन्धन बाहिर रहेका लोसपा अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन् ।

मधेश प्रदेशसभामा १०७ सांसद हुनुहुन्छ । लोसपा संसदीय दलका नेता अभिराम शर्मा हत्या अभियोगमा अदालतबाट जन्मकैद सजाय पाएकाले निलम्बित छन् । अहिले सरकार बनाउन र टिकाउन ५४ सांसद आवश्यक पर्छ । तर वर्तमान मुख्यमन्त्रीसंग बहुमत पुग्ने अवस्था देखिंदैन

विश्वासको मत नपाएपछि उहाँको नेतृत्वको सरकार आजै बहिर्गमन हुनेछ । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नुभएपछि सत्ता गठबन्धनमा आवद्ध दलले दावी पेश गर्नेछन् ।

 

 

[bsa_pro_ad_space id=68]