भारतीय प्रधानमन्त्री मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जानुहुने

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा सहभागी हुन भारत जानुहुने भएकाे छ ।

भारतीय सत्ता निकट पत्रकार सुधीर चौधरीले नेपाली प्रधानमन्त्री प्रचण्ड, भुटानी राजा, श्रीलङ्काका राष्ट्रपति, बङ्गलादेश तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा पुग्नुहुने जनाउनुभएकाे छ ।

भारतीय प्रधानमन्त्री माेदीले सन् २०१४ मा बीजेपीबाट एकल बहुमत आएको सरकार बनाएर सपथमा सार्क देशका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाउनुभएकाे थियाे ।

यो पटक शपथ ग्रहण समारोहमा भने प्रधानमन्त्री मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बाेलाउनुभएकाे छ । प्रधानमन्त्री मोदीको शपथ शनिबार हुँदैछ ।