कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडिएर १४ वटा खच्चड पुलमा अड्कियाे
काठमाडौं, २७ जेठ । कर्णाली नदीमाथि बनाएकाे झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।
अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बाेकेर ल्याउँदै गरेकाे १४ वटा खच्चड पुलमै फसेका हुन् ।
बिहानैदेखि पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले बताउनुभयाे ।
उहाँका अनुसार घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको थियाे । अहिले पुलका कारण अछाम र दैलेखबीच आउजाउ बन्द भएकाे छ ।