शपथमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ भारत प्रस्थान

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गर्नुभएको हाे ।

[bsa_pro_ad_space id=69]

प्रधानमन्त्री दाहालका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ ।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज साँझ ६ बजे शपथ लिनुहुने कार्यक्रम छ ।

सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी मोदीबीच आज साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

[bsa_pro_ad_space id=68]