बागमती प्रदेश मन्त्रिपरिषद् बैठकबाट प्रदेश स्वास्थ्य नीति स्वीकृत

मकवानपुर, ३२ जेठ । बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ ।

आज विहान बसेको बागमती प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको हाे ।

बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना (आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६) स्वीकृत गर्ने, मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको ‘लेबल डिजाइन’ स्वीकृत निर्णय गरेको छ ।