संसद भवनभित्र गोली लागेको अवस्थामा मृत भेटियाे प्रहरी जवान
काठमाडौं, ५ असार । नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।
भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दोलखा घर भएका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार गोले घटनास्थलमै मृत फेला परेका हुन् । प्रहरीका अनुसार जवान गोलेले आफैले गोली हानेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेकाे छ ।
घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीका प्रवक्ता कार्कीले जनाउनुभयाे । प्रहरीले गाेलेकाे शव लाई सिभिल अस्पतालमा पठाइएको छ ।
मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।