गायक आर्जन पाण्डेकाे ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक

काठमाडौंँ, १८ असार । गायक आर्जन पाण्डेको आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक भएकाे छ ।

पाण्डेको प्रेमपिडा ब्यक्त गरिएको गीतमा अरुण तिवारीको शब्द, प्रविण बराइलीको संगीत रहेकाे छ । गीतको एरेन्ज सन्दिप कार्कीले गरेका हुन् ।

गीतको लिरिकल भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको लिरिकल भिडियो इभन भण्डारीले तयार पारेका हुन् ।

सन् २०१५ देखि गायनमा सक्रिय आर्जनका ‘ओइलिएर झर्न दिन्न’, ‘रेलिमाई’, ‘डलर’, ‘झुसे बारुलो’, ‘तिमीलाई हेरी हेरी’ लगायतका थुप्रै गीत बजारमा छन् । उनले आधुनिक, पप, लोक पप, चलचित्रलगायत विभिन्न विधाका गीतमा स्वर दिएका छन् ।