राजीनामा बोकेर प्रधानमन्त्रीकाे ढाेकैमा पुगेका रास्वपा किन फर्किए ?

काठमाडौं, २० असार । मन्त्रीहरुको राजीनामा बोकेर प्रधानमन्त्री निवास पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताहरू राजीनामा नदिई फर्किएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरिएकाेले राजीनामा नदिई फर्किएकाे रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयाे ।

प्रधानमन्त्रीसँगको भेटपछि उहाँकाे आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिइएको बताउनुभयाे ।

प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने बताएको उहाँको भनाइ छ ।