पानीकाे सतह बढेपछि कोशी ब्यारेजका ४१ ढोका खोलिए
काठमाडाैं, २३ असार । लगातारको वर्षापछि सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ ।
कोशी ब्यारेजमा आज बिहान ६ बजेसम्म तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।
सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।