सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि खोलियो ५६ वटै ढोका

काठमाडाैं, २३ असार । सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।

आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिनुभयाे ।

अहिले सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बिहान ६ बजे ४६ वटा ढोका खोलिएको थियो। लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो।

सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन प्रहरीले सूचना जारी गरेकाे छ ।