स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राख्याे ५२ ओटा रोग सङक्रामकको सूचीमा
काठमाडौँ, २३ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ ।
सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेकाे हाे ।
सरकारले रेबिज, क्षयरोग, कोभिड–१९, डेंगु , जापनिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एचआईभी एड्स, इन्फ्न्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटा भाइरस, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरसलाई संक्रामक रोगमा सूचीकृत गरिएको छ ।
यस्तै, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङगो हेमोरेजिक, मारबर्ग भाइरल डिजिज्, सार्स, कमलपित्त ए, एमईआरएस, प्लेग, लिजियोनेलोसिस, इचिनोकोकोसिस, भ्यागुते रोगलाई पनि संक्रामकको सूचीमा राखिएको छ ।
सरकारले निमोकोकल निमोनिया, कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रिसेलोसिस, कुष्टरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्सन एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिटिस्टसकोसिस, चिननगुनिया, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई संक्रामक रोग भनेको छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताउनुभयो । उहाँले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको जानकारी दिनुभयो ।