जिल्ला प्रहरी कार्यालय रामेछापमा हरेक शनिबार साप्ताहिक याेग ध्यान शिविर

काठमाडाैं, २९ असार । जिल्ला प्रहरी कार्यालय रामेछापमा याेग ध्यान शिविर कार्यक्रम भएकाे छ ।

कार्यालयमा हरेक शनिवार साप्ताहिक याेग ध्यान शिविर हुने भएकाे हाे । साेही अनुरूप आजपनि याेग ध्यान शिविर सञ्चालन भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदिप सिंह र प्रहरी बल रामेछापका प्रमुख सुर्य प्रकाश शर्माकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

याेग ध्यान शिविर कार्यक्रममा प्रहरी कार्यालयका सुरक्षाकर्मीलगाएतले शिविरमा सहभागिता जनाउनुभएकाे थियाे ।

सुरक्षाकर्मीलगाएतमा नयाँ उर्जा प्रदान गर्न शिविर हरेक शनिबार हुने कार्यालयले जनाएकाे छ ।