देशको अवस्था सन्तोषजनक छैन : प्रधानमन्त्री ओली

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वर्तमान अवस्था सन्तोषजनक नरहेको बताउनुभएकाे छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

“देशको वर्तमान अवस्था सन्तोषजनक छैन, खुसी हुनुपर्ने खाले छैन,” प्रधानमन्त्री ओलीले भन्नुभयाे, “इतिहास गौरवपूर्ण छ । भविष्य उज्ज्वल छ । तर, अहिलेको अवस्थाचाहिँ सन्तोषजनक छैन । यसलाई बदल्नैपर्छ । त्यसमा सरकार कटिबद्ध छ ।”

उहाँले इन्जिनियरहरू पनि देश निर्माणमा उच्च नैतिक मनोबलका साथ लाग्नुपर्ने बताउनुभयाे ।