रामेछापको गोकुलगङ्गामा पहिरोले पुरिएर तीन जनाको घटनास्थलमै मृत्यु

रामेछाप, ११ साउन । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार राती गएको पहिराेमा पुरिएर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, डिएसपी प्रदीपकुमार सिंहका अनुसार अन्दाजी पाैने ९ बजे गएकाे पहिराेले स्थानीय विमान तामाङको घर पुरिएकाे हाे ।

अविरल वर्षापछि खसेको पहिराेले बिमान तामाङको छोरी वर्ष १८ की सिता तामाङ, छिमेकी पेमा तामाङको छोरी वर्ष १५ की आशिका दोङ, छिमेकी पदम तामाङको छोरी वर्ष १३ की लक्ष्मी तामाङको पुरिएर मृत्यु भएको डिएसपी सिंहले जानकारी दिनुभयाे ।

बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिबाट आएकाे ढिस्काले पुरेको हाे ।

पहिराेले घर पुरिएको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयकाे नेतृत्वमा उद्धार टोली खटिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *