कीर्तिपुर नगरपालिकाका मेयरको निधनप्रति उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ ।

फोरमले उपत्यका (काठमाडाैं, ललितपुर र भक्तपुर)का पालिकाहरुमा साउन १३ गते आइतबार बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

उपत्यकाका विभिन्न पालिकाहरुले सूचना जारी गर्दै त्यस दिन आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरु बन्द रहने व्यहोरा जानकारी गराएका छन् ।

नकर्मीको बिहीबार वीर अस्पतालमा निधन भएको थियो ।