बागमती नदी किनारमा पुरुषको शव भेटियाे
काठमाडौं, २० साउन । बागमती नदीकाे किनारमा एक पुरुषको शव भेटिएको छ ।
शव ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा भेटिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो ।
परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले शवको सनाखत हुन नसकेको बताउनुभयाे । आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।