श्रावणी मेलामा भक्तजनकाे भिड तस्बिरहरू..

काठमाडाैँ, २१ साउन । साउने साेमबार काठमाडाैं उपत्यकाका शिव मन्दिरहरूमा भक्तजनकाे भिड लागेकाे छ ।

साउनको तेस्रो सोमबार काठमाडाैंकाे पशुपतिनाथ, भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमालगाएतका स्थानमा पूजाअर्चनाका लागि भक्तजनहरुको घुइँचो लागेकाे हाे ।

साउन भगवान् शिव को महिना हाे भनिन्छ । हिन्दु धर्मावलम्बीहरूले साउन महिनामा शिवजी को पूजाआराधना गरेर मनाउँछन् ।

यो महिना बोलबम जाने पनि चलन छ । काठमाडौँमा बोलबम जानेले सुन्दरीजलमा रहेको बागमती नदी बाट पवित्र जल काँधमा वा पिठ्युँमा बोकी , कहीँ नबिसाई पैदल नै पशुपतिनाथ पुगेर शिवजी लाई स्नान गराउने गर्दछन् ।

तस्बिरहरू : रासस