आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं, ३१ साउन । राष्ट्रियसभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा उठेका प्रश्नको जवाफ दिँदैहुनुहुन्छ ।

राष्ट्रियसभाकाे दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसहित गृह, ऊर्जा र संस्कृति पर्यटनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्नुहुनेछ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।