भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिंदा स्कुटरमा सवार महिलाको मृत्यु, गठ्ठाघर अहिले तनावग्रस्त

काठमाडौं, ३१ साउन । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्करदिंदा एक महिलाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्करदिंदा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएकाे छ ।

दुर्घटनामा ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो भने स्कुटरमा सवार महिला ट्रककाे टायरमा परेपछि क्षतविक्षत भएकाे थियाे ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ती महिलाको सनाखत भएको छैन । अहिले दुर्घटनापछि आक्रोशित मानिसहरुको भिडले गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।

अहिले सवारी आवागमन प्रभावित भएको छ भने विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरी बीच ढुंगा हानाहान भएको छ ।