टेलिकमको निर्देशक निर्देशक बन्न विवादास्पद छविकी संगिताको अस्वाभाविक दौडधूप

काठमाडौं, १२ भदौ । नेपाल टेलिकमकी निमित्त निर्देशक संगीता पहाडी अर्यालको दौडधूप अहिले बढेको छ । नेपाल टेलिकमको प्रमुख हुन संगीताले गरेको दौडधूपलाई त्यहिका कर्मचारीले समेत असल मानेका छैनन् । व्यवस्थापकीय क्षमता निकै कमजोरी रहेकी उहाँ अहिले शक्ति केन्द्रलाई प्रभावित पार्ने दौडधूपमा रहेको बुझिएको छ । संस्थाको प्रगतिका लागि कमजोर क्षमता भएकी उहाँले आर्थिक प्रलोभनमा पारेर कार्यकारी निर्देशक भन्ने खेलमा दौडधुप बढाएको बुझिएको छ ।

अहिले पहाडीलाई टेलिकमको नेतृत्व दिलाउने दौडधुपमा उहाँका कर्णेल श्रीमान विश्ववन्धु पहाडी पनि सक्रिय भएको बुझिएको छ । जस्को सरकार आयो उसैको खासा बन्ने विश्वबन्धुले पहिला प्रचण्ड शक्तिमा हुँदा उहाँको परिवारलाई राम्रै रिजाउन सफल भएको जानकारहरु बताउँछन् । प्रचण्डकी नातिनीको बिबाह गोकर्ण रिसोर्टमा धुमधामसँग गर्दा कर्णेलको त्यो बिबाहमा दौडधुप (तस्बिरमा प्रचण्डको नातिनीको बिबाहमा टाका टोपी लगाएर तस्बिर खिच्ने, कर्णेल विश्वबन्धु) अश्वाभाविक रहेको भन्दै अहिले भद्रकालीतिर चर्चा हुने गरेको छ ।

अहिले पनि बन्दसूचिमा रहेका तीन मध्ये आफ्नो पत्नी पहाडीको नाम रहेको भन्दै शक्तिकेन्द्रतिर एक नम्बरमा ल्याउँन दौडधुप बढाएको चर्चा सुरु भएको छ । बन्दसूचिमा क–कस्को नाम हुन्छ कसैलाई जानकारी नहुनुपर्ने हो । तर, अहिले कर्णेलको दौडधुपले त्यहाँ पनि सेटिङ भएको हो भन्ने आशंकाहरु पैदा भएका छन् । प्रधानमन्त्री ओलीलाई समेत अन्योलमा पारेर पहाडीको नाम सिफारिस गराउन लगाउने दौडधुपमा एउटा समूह लागेको भन्दै त्यस्तो अवस्था भए त्यसले सरकारलाई समेत असर गर्ने गाईँगुँई चलेको छ ।

विगत करीब एक वर्षदेखि निमित्त चलाउँदै आउनु भएकी उहाँको कमजोर व्यवस्थापनकै कारण कम्पनी दिनप्रतिदिन ओरालो लागको त्यहाँकै कर्मचारीहरुबाट गुनासो आउने गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र माओवादीकै रेखा शर्मा सञ्चारमन्त्री रहेका बेला राम्रै रकमको चलखेल गरेर नेतृत्व हत्याउने तरखरमा रहे पनि आर्थिकमै कुरा नमिलेपछि त्यो सम्भव भएको थिएन । पछि त्यहि कार्यदललाई नै राम्रै रकमको प्रलोभन देखाई अहिले शक्तिकेन्द्रको दौडधूपमा रहेको चर्चा भद्रकालीतिर चल्ने गरेको छ । यतिसम्म कि नियुक्ति प्रक्रियामा सहयोग गरे राम्रै आर्थिक सहयोग गर्नेसम्मको आश्वासन दिएको बुझिएको छ ।

माओवादी सरकारमा रहेका बेला माओवादीकै नेताहरुको वरिपरी घुमेर आफूलाई असली माओवादी देखाउने पहाडी अहिले एमाले नेतृत्वको सरकार बनेपछि एमाले नेताहरु रिझाउन लागेको बुझिएको छ । टेलिकमको इन्टरनेशनल ब्याण्डविथ खरिद र बिल्लिंग प्रकरणमा संलग्न नेपाल टेलिकमकी निमित्त निर्देशक पहाडीले नेतृत्व लिएको अवस्थामा टेलिकम डुब्ने चिन्ता कर्मचारीहरुमा थपिएको छ ।

जानकारी अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको इन्टरनेसनल ब्यान्डविथ खरिद प्रकरणमा वर्तमान निमित्त निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग केही समय अघि बयान लिइसकेको छ ।

सत्तारुढ एमालेले गठबन्धन पविर्तन गरेर नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेकै दिन मन्त्रालयले आवेदकहरुलाई अन्तरवार्तामा बोलाएको थियो । नियुक्तिका लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गर्न अन्तरवार्ता र व्यवसायिक कार्यायोजनाको प्रस्तुतीकरणको तालिका प्रकाशित गरेको थियो । प्रबन्ध निर्देशक १७ जनाबीच प्रतिस्पर्धा भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०, २१, २२ र २३ असारमा अन्तरवार्ताका लागि समय समेत तोकेको थियो ।

सरकार फेरिएपछि टेलिकमको निर्देशक नियुक्त नगरी प्रचण्ड नेतृत्वको सरकार बाहिरिएको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नु भएको थियो ।
‘टेलिकमका विवादास्पद र भ्रष्टाचार भएका खरिद प्रक्रियामा सलग्न भएको विभिन्न उजूरीका आधारमा अख्तियारको छानविनमा परेकी र अख्तियारले छानविन गरिरहेको र कुनैपनि बेला मुद्दा हाल्न सक्ने निर्णय प्रक्रियामा रहेकी पहडीलाई  निर्देशक बनाउने हो भने टेलिकम थप धरासायी बन्छ,’ एक कर्मचारीले चिन्ता व्यक्त गर्दै भने, ‘टेलिकमका कतिपय विवादास्पद निर्णयहरुमा सञ्चालक समितिको बैठक बस्छ जसमा उहाँको सहभागी भई हस्ताक्षर समेत गरेका छन् ।’

टेलिकमको विलिङ प्रणालीको लागि एएमएस अपग्रेडसहितको खरिद गर्ने सम्बन्धी ६ वर्षीय प्रस्तावमा विशेषज्ञ मनोनयन टिप्पणीसम्बन्धी कमिटिका अलावा विभिन्न कमिटिको सदस्यका रुपमा तत्कालीन प्रमुख व्यवसायिक अधिकृत संगिता पहाडी रहेको र अहिले निमित्त निर्देशक हुँदा यससम्बन्धी निर्णय भएको कर्मचारीवृत्तमा चर्चा छ । ‘विलिङ प्रणालीमा व्यापक अनियमितता भएकोमा अख्तियारले चासो राखेको छ,’ ती कर्मचारीले भने, ‘पहाडी सम्झौतामा हस्ताक्षर गर्ने पदाधिकारीहरुमध्ये पनि छिन् । त्यतिबेला सुनिल पौडेल टेलिकमको  निर्देशक थिए ।’ सुनिलले जुन–जुन विवादास्पद निर्णयहरु गरे त्यसमा पनि संगिताकै नाम देखिएको चर्चा पनि टेलिकममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *