सरिता महर्जनको गीतमा मदनकृष्णको सम्मान
काठमाडौं। गायिका सरिता महर्जन र गायक अमर चित्रकारको अमर गायन रहेको नेपालभाषाको गीत “छंगु ल्यूल्यू” बोलको गीत सार्वजनिक भएको छ। वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा गायिका सरिता महर्जन र गायक अमर चित्रकारको उक्त गीत सार्वजनिक भएको हो ।
गीत सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । गायिका सरीता महर्जनले दोसल्ला ओढाई सम्मान गर्ने क्रममा आरबी डायमण्ड ज्वेलरीका सिइओ रिकेन महर्जनले मायाको चिनो प्रदान गरेका थिए। आरबी जेम एण्ड ज्वेलरी इण्डष्ट्रिजकी निर्देशक रिजु महर्जनको सभापतित्वमा सम्पन्न समारोहमा गीत तथा म्यूजिक भिडियो निर्माण सक्रिय योगदान दिनेहरुलाई मायाको चिनो प्रदान पनि गरिएको थियो ।
सार्वजनिक भएको उक्त गीतका संगीतकार एवं संगीत संयोजक भूपेन्द्र बज्राचार्य तथा रेकर्डिष्ट फिरोज बज्राचार्य हुन्। मनोज महर्जन, नेरिसा महर्जन, कृष्णभक्त महर्जन, निश्चल भुजेल, सुब्रिना चित्रकार लगायत कलाकारहरुको अभिनय गीतको भिडियोको निर्देशन रवि सायमीले गरेका हुन्।