सत्तारूढ दलका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल, के के भयाे कुराकानी?

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा सरकारका कामकारबाहीको समीक्षालगाएतका विषय केन्द्रित रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, सो पार्टीका नेताहरु गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

छलफलमा सरकारको न्यूनतम साझा कार्यक्रम तथा कामकारबाहीको थप प्रभावकारी बनाउनेलगायत विषयमा रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।