लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडाैं, २५ भदाै । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच आज बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ ।

क्यानडामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो ।

त्यसपछि नेपालले त्रिकोणात्मक टी २० आई सिरिज पनि खेल्नेछ । नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग, सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ) छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *