दुर्गा प्रसाईँसहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २ असाेज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।

काठमाडौं जिल्ला अदालतले बुधबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित तीन युट्युवरलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीका अनुसार उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रसाईँले चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसाे त व्यवसायी प्रसाईँले विभिन्न मञ्चमा तथ्य र प्रमाण विना आराेप प्रत्याराेपका भाषण गरिरहेका पाइन्छ ।

स्रोतका अनुसार दुई युट्युवर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूकै युट्युवमा दुर्गा प्रसाईँले बोलेको विषयलाई लिएर उजुरी परेको स्रोतले बतायो ।