आक्रामक अभिव्यक्ति दिंदै हिँड्ने प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं, ६ असाेज । आक्रामक अभिव्यक्ति दिंदै हिँड्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याइएको थियो । अदालतले प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएकाे हाे ।

साइबर अपराधको मुद्दामा उजुरी परेपछि व्युरोबाट खटिएका प्रहरीले प्रसाईंलाई पक्राउ गर्न जाँदा प्रसाईंले एक घण्टासम्म कुराएर ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरी गालाैज गरेपछि प्रहरी भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरी पक्राउ गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *