सप्तकोशीमा खसेकाे बसकाे सबै यात्रुको सकुशल उद्धार

काठमाडौं, १० असाेज । सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार साँझ खसेको थियो ।

बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।

बसमा रहेका केही यात्रु घाइते भएको र उनीहरूलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएकाे छ ।