वर्षासँगै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

काठमाडौं, ११ असोज । अविरल वर्षासँगै आएकाे पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।

नौबिसेकाे सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

फाेटाे/ मुग्लीन बजार