बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय
काठमाडौं, १४ असाेज । बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई सरकारले जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर फर्कनुभएलगतै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हाे ।
मन्त्रिपरिषदको बैठकले प्राकृतिक विपदका कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई पनि मृतककै सरह मानेर परिवारलाई २ लाख रूपैयाँ दिने निर्णय गरेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
मन्त्रिपरिषदका निर्णयलाई मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने स्राेतले जनाएकाे छ ।