एमालेकाे केन्द्रीय कार्यालय अब कीर्तिपुरमा, यसरी गरियाे शिलान्यास

काठमाडौँ, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे केन्द्रीय कार्यालय अब कीर्तिपुरमा बन्ने भएकाे छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्नुभएकाे हाे ।

व्यवसायी तथा भाटभटेनीका सञ्चालक मीनबहादुर र सावित्री गुरुङले प्रदान गर्नुभएको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।

यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताउनुभयो । एक वर्षभित्र भवन निर्माण गर्ने उहाँले बताउनुभयो ।

भवन एक वर्षभित्र तयार गरेर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिनुभयाे ।