बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाउने महिला पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानीबाट बालिकालाई बन्धक बनाएर जबरजस्ती बन्धक बनाएर यौनधन्दामा लगाउने एक महिला पक्राउ परेकी छन् ।
नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षिया सीता गोतामेलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेकाे हाे ।
गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर मासिक २० हजार रुपैयाँ दिँदै एक बालिकालाई राखेकी थिइन् । काममा राखेको केही समयपछि गोतामेले ती बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आफ्नै घरमा बन्धक बनाई जबरजस्ती यौनधन्दामा लगाएको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएकाे छ ।
गोतामेलाई पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।