म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइँदै
कास्की, ८ कात्तिक । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज म्याद थप गराउन अदालत लगिँदैछ ।
अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि थप म्यादका लागि अदालतमा उपस्थित गराउन लागिएकाे प्रहरीले जनाएकाे छ ।
गोर्खा मिडियामार्फत् सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रविविरुद्ध सङ्गठित अपराधको मुद्दा लगाइएको छ ।
रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो । जिल्ला अदालत कास्कीले आइतबार उनलाई पक्राउ परेको दिनदेखि गणना हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो ।
अदालतले दिएको उक्त समयमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ ।