रविलाई आज तेस्राेपटक अदालतमा उपस्थित गराइयो

कास्की, २० कात्तिक । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

उनीसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको छ ।