दैलेखबाट सुर्खेत जाँदै गरेकाे फाेर्स गाडी दुर्घटना, तीन जनाको मृत्यु, २४ जना भन्दा बढी घाइते

काठमाडाैं, २३ कात्तिक । दैलेखबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशकाे फाेर्स गाडी सुर्खेत र दैलेखको सीमानामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएका छन् भने २४ जना भन्दा बढी घाइते भएका छन् ।

कर्णाली प्रदेशकाे ०२००१ ख ९९८ नम्बरको फाेर्स गाडी सुर्खेत र दैलेखको सीमानामा दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा २४ जना भन्दा बढी घाइते छन्। घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको डिएसपी विश्वकर्माले बताए।

गाडीमा कति सवार थिए र कसरी दुर्घटना भयो भन्ने खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *