मानव तस्करको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
काठमाडौँ, २५ कात्तिक । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको अभियाेगमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएकाे हाे ।
नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको अनुसन्धानबाट खुलेको छ ।