रास्वपाका सभापति लामिछानेसँग बयान लिँदै, सुप्रिमका बचतकर्ता बाहिर आन्दाेलित
गण्डकी, २७ कात्तिक । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ ।
कास्की प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई बुद्ध एयरको विमानबाट बुटवल पुर्याएर रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा निजसँग बयान जारी छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा निजसँग बयान लिइएको हो ।
गोर्खा मिडियामा गएको सुप्रिम सहकारीको रकम खर्च गरे/गराएको विषयमा अनुसन्धानमा तानिएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट रुपन्देही ल्याएलगत्तै बचतकर्ताले विरोध जनाएका छन्।
पूर्वमन्त्री लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।