रवि लामिछानेलाई भैरहवामा बयान सकेर पोखरा पठाइयाे

काठमाडैं, ३० कात्तिक । सहकारी बचत अपचलनमा नियन्त्रणमा लिइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रूपन्देहीमा ३ दिनको बयान सकेर आज पोखरा लगिएको छ ।

लामिछानेले सुप्रिम सहकारी बाट ऋण लगेर रकम अपचलन गरेको आरोप थियो ।

लामिछानेलाई बिहीबार अन्तिम उडानमा पठाउन खोजिएपनि बयान सकिएपछि कागजपत्र मिलाउन ढिलाई भएकाले आज पठाइएकाे हाे ।

उनलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।