कीर्तिपुरको मेयर र वडाध्यक्षमा एमालेले दियो उम्मेदवारी
काठमाडाैं, २ मङ्सिर । कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्ष पदका लागि नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गरेको छ।
एमालेका तर्फबाट मेयर पदका लागि सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गर्नुभएकाे छ भने १ नम्बर वडाध्यक्षका लागि हर्ष महर्जन र ४ नम्बर वडाध्यक्षका लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ।