कीर्तिपुरको मेयरमा जसपाबाट तेस्रो लिङ्गी हनिले गरे उम्मेदवारी दर्ता
कीर्तिपुर, २ मङ्सिर । स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि)ले उम्मेदवारी दर्ता गराएका छन् भने राजीव महर्जन (मौनी)ले वडा नं ४ को वडा अध्यक्षमा उम्मेदवार दर्ता गराएका छन्
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाएकाे हाे ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडा अध्यक्ष पदमा उम्मेदवार बनेका हुन्।
मायाको पहिचान नेपालले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्वबारे गरेको छलफलमा हनि र मौनीले उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए।