राष्ट्रिय योजना आयोगका बैकुण्ठ अर्यालले दिए राजीनामा
काठमाडाैं, ३ मङ्सिर । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।
अर्यालले आइतबार राजीनामा दिएको राजीनामा दिएको राष्ट्रिय योजना आयोग स्रोतले जानकारी दिएको छ। अर्यालले कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा उनी संलग्न भएको भन्दै गत असार ९ गते अख्तियार दुरूपयोग असुन्धानमा आयोगमा मुद्दा परेपछि मुख्यसचिव रहेका उनी त्यतिबेला निलम्बनमा परेका थिए।
मुद्दाबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भयो। उनी पुनः जिम्मेवारीमा फर्किएका थिए।
निलम्बन फुकुवा भएपछि सरकारले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणी पद सिर्जना गरी पदमा सार्ने निर्णय गरेको थियो।