१८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ
काठमाडौं, ८ मङ्सिर । १८९ किलोग्राम गाँजासहित सिन्धुलीबाट पिकअप गाडी र चालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेकाे प्रहरीले जनाएकाे छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३-००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त गाडी चितवनबाट हेटौंडा-सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।